दफा १६
कानून व्यवसायी परीक्षा सम्वन्धी पठ्यक्रम

(१) परिषद्ले कानून व्यवसायी परीक्षाको पाठ्यक्रम, स्तर र प्रणाली निर्धारण गर्नेछ । दफा १७ को उपदफा (१) को खण्ड (क) र (ख) मा उल्लेखित व्यक्तिहरुको सम्वन्धमा लिइने कानून व्यवसायी परीक्षाको पाठ्यक्रम निजहरुको अनुभवको पृष्ठभूमिलाई दृष्टिगत गरी परिषद्ले तिए बमोजिम छुट्टै निर्धारण गर्नेछ ।
(२) परिषद्ले कानून व्यवसायी परीक्षाको पाठ्यक्रम, स्तर र प्रणाली निर्धारण गर्ने तथा परीक्षा सञ्चालन गर्ने सम्वन्धमा सर्बोच्च अदालत र कानून संकाय, त्रिभुवन विश्वविद्यालयको सल्लाह र सहयोग लिन सक्नेछ ।